देश/प्रदेश
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

मोरङ, मंसिर ६ –
मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भनिने भुवानीप्रसाद लम्साल रहेका छन् ।
प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको भन्दै मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी परेको थियो ।
जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोप लागेका लम्सालको पहिचान भएपछि उनलाई मंसिर ५ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको छ ।
घटनाबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
























