देश/प्रदेश
जुवातासको खालबाट ४९ जना पक्राउ

काठमाडौँ, मंसिर ५ –
काठमाडौँ महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा ९कौडा० खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले निजहरूलाई रु नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो ।
त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो ।
























