राजनीति

संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

०
Banner

भक्तपुर, मंसिर ५ –

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

मध्यपुरथिमिमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उहाँले जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुनेगरी निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मङ्सिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव आएको छ, दलहरुको भनाइ पनि संविधानले व्यबस्था गरेअनुसार नै हुनुपर्छ भन्ने हो ।” उहाँले लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा हुनु आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिकट बाँड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउँदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय तल्लो तहले नै गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>