Breaking News

चार महिनादेखि बन्द डेभिड फल्स, परिसरका व्यवसायीको व्यापार १५ प्रतिशतमा झर्‍यो

०
Banner

पोखरा , मंसिर ५ –

पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिड फल्स ९पातले छाँगो० चार महिनादेखि बन्द हुँदा त्यहाँ सञ्चालित व्यवसाय प्रभावित भएका छन् । गत साउनदेखि छाँगो बन्द भएपछि अवलोकनका लागि आउने पर्यटक फर्कनुपर्ने अवस्था छ । यसले छाँगो परिसरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको आम्दानीमा प्रत्यक्ष असर पारेको छ ।

डेभिड फल्स परिसरमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका नारायणप्रसाद पोखरेलका अनुसार छाँगो बन्द हुनुअघि दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो । तर अहिले व्यापार घटेर पहिलेको तुलनामा करिब १५ प्रतिशतमा सीमित भएको छ । कतिपय पसलमा भने व्यापार नै हुन छाडेको उनले बताए ।

छाँगो परिसरमा ३५ वटा सटर रहेकामा हाल २७ वटा सटर मात्र व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका छन् । ती सटरको मासिक भाडा १५ हजारदेखि ५५ हजार रुपैयाँसम्म रहेको छ । व्यवसायीले सटर भाडाबापतको रकम छोरेपाटन विद्यालय व्यवस्थापन समितिलाई बुझाउँदै आएका छन् ।

पोखरा महानगरपालिकाले २०७८ साउन १४ गते डेभिड फल्सलाई सेती क्यानोन प्रालिलाई ४० वर्षका लागि ठेक्कामा दिएको थियो । अहिले उक्त कम्पनीले डेभिड फल्स परिसरमा सिसाको पुल, पर्यटकीय पूर्वाधार तथा अन्य संरचना निर्माण गर्ने काम अघि बढाएको छ ।

पूर्वाधार निर्माणका लागि छाँगो बन्द गरिएपछि त्यसको प्रत्यक्ष असर आसपासका व्यवसायमा परेको व्यवसायीहरूको भनाइ छ । निर्माण कार्य कहिले सम्पन्न हुने र पर्यटकका लागि छाँगो पुनः कहिले खुल्ने भन्ने विषयले त्यहाँका व्यवसायीको भविष्य निर्धारण गर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>