खेलकुद

एनपीएल-३ फाइनलः सुदूरपश्चिम रोयल्सले टस जितेर लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने

०
Banner

काठमाडौं, मंसिर ५ –

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।

कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो । पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ।

लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ । सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>