खेलकुद
एनपीएलः मुन्सीको अर्धशतक पूरा

काठमाडौं, मंसिर ५ –
सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर जर्ज मुन्सीले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काएका छन् । मुन्सीले फाइनल खेलमा लुम्बिनी लायन्सकाविरूद्ध २८ बलमा अर्धशतक पूरा गरे।
जारी प्रतियोगितामा योसंगै अर्धशतकको संख्या २८ र दुई शतक प्रहार भएका छन् ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा, चितवन राइनोजका रवि बोपरा,चितवन राईनोजकै डेभिड मलान, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।
विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, सुदूरपश्चिमका थारिन्दु रत्नाएके, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काएका थिए ।
यो सिजनमा शतक हिर्काउने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन् ।
























