खेलकुद

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य, पहिलो ओभरमै ३५ रन

०
Banner

काठमाडौं,कात्तिक १४ –

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

नाटकीय रूपमा ढिलो गरी सुरु भएको पाँच–पाँच ओभरको खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १०५ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए । अर्का ओपनर लोकेश बमले २५ रन जोडे । वान डाउनमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै अविजित २९ रन बनाए ।

सुदूरपश्चिमका लागि अभिनाश बोहराले दुई ओभर बलिङ गर्दै २८ रन खर्चेर एक विकेट लिए ।

यस खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायाकेले सुदूरपश्चिमका लागि पहिलो ओभर बलिङ गरेका थिए । उनको पहिलो ओभरमा विराटनगरका ओपनर जयसूर्याले पाँच छक्का प्रहार गरेपछि टोलीले पहिलो ओभरमै ३५ रन जोडेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>