Breaking News
आसन्न चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब २१ करोड घाटा
०

काठमाडौं, कात्तिक १४ –
नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट कात्तिक १४ गते नयाँ खरिद मूल्य प्राप्त भएको थियो। नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि निगम सञ्चालक समितिको सोही दिनको निर्णयअनुसार साबिककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो।
निगमले जारी गरेको विज्ञप्तिअनुसार मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























