अर्थ

कान्तिपुर फार्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

०
Banner

काठमाडौं , मंसिर १० –

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन मंसिर २४ गतेसम्म र बढीमा पुस १३ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरे मंसिर २४ गतेसम्म अवधि थप हुनेछ । आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>