अर्थ

आन्तरिक राजश्व विभागको सदाचार सम्पर्क व्यक्ति तोकियो

०
Banner

काठमाडौं, मंसिर १० –

आन्तरिक राजश्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिएको छ । विभागको बुधवारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क सम्पर्क व्यक्ति तोकिएको हो । मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ मा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका लागि सम्पर्क बिन्दु तथा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार विभागले नेपाललाई पाँचवटा मुख्य जिम्मेवारी दिएको छ । जसअनुसार कर्मचारीलाई सत्यनिष्ठा तथा व्यवसायीलाई व्यावसायिक सदाचारका नियमबारे शिक्षा दिने र सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

त्यस्तै, सदाचार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी गतिविधि तथा देखिएका समस्या समेटेर चौमासिक प्रतिवेदन तयार गरी महानिर्देशकसमक्ष पेश गर्ने र विभागको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

विभाग तथा मातहतका कार्यालयमा सदाचारसम्बन्धी जोखिम पहिचान भए महानिर्देशकलाई जानकारी गराउनुका साथै त्यसलाई प्रतिवेदनमा समेटेर राष्ट्रिय शतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पेश गर्नुपर्नेछ । यसैगरी, कर्मचारीको सदाचारितासम्बन्धी गुनासो सुनुवाई तथा सम्बोधनमा सहजीकरण गर्ने र संस्थागत सदाचार सूचकांक ९इन्स्टिच्युसनल इन्टेग्रिटी इन्डेक्स० विकास गरी त्यसका आधारमा विभाग तथा मातहतका कार्यालयहरूको मूल्यांकन समन्वय गर्ने जिम्मेवारी पनि नेपाललाई दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>