देश/प्रदेश

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

०
Banner

काठमाडौँ, कात्तिक १४ –

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै रु ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै रु ३० लाख लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>