अन्तर्राष्ट्रिय

इरानी साहसपूर्वक लडे, इरानको परमाणु हतियार नष्ट भइसक्योः ट्रम्प

Banner

काठमाडौं,असार १२-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो युद्ध साहसपूर्वक लडेको प्रतिक्रिया दिएका छन्। नेदरल्याण्ड्समा बुधबार सम्पन्न नेटोको बैठकपछि पत्रकार प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरे, र उनीहरू साहसपूर्वक लडे’, ट्रम्पले भने। उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताए। उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गर्दै भने, ‘ इरानसँग परमाणु हतियार हुन सक्दैन। अब ती नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>