अन्तर्राष्ट्रिय
उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको मृत्यु, ३३ जना घाइते
०

तेहरान, असार १०-
उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ । यी आक्रमणका क्रममा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ ।
मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।
गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























