अन्तर्राष्ट्रिय

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

Banner

तेहरान,असार १०-

इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्नतः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्।इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियोे। तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो। इरानले गयराति कतारस्थि अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो। त्यसपछि इरानको शासक नै फेर्ने अभियानमा रहेका ट्रम्प युद्ध विराम घोषणा गर्न पुगेका छन्।

इरानको सरकारी समाचार एजेन्सी इर्नाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (९आईआरजीसी) को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ। यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे।

तर, कतारले यस दाबीको खण्डन गर्दै इरानबाट जम्मा १९ वटा मिसाइल प्रक्षेपण भएको जनाएको छ। तीमध्ये एकमात्र मिसाइल बेसमा लागेको कतारको दाबी छ। बाँकी सबै कतारी हवाई सुरक्षा प्रणालीले खसालिएको दाबी कतारले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>