बाढि पहिरो
दाङको घोराहीस्थित ट्राफिक चोकको बस्तीमा पस्यो बाढी
०

दाङ, असार ४-
दाङको घोराहीस्थित ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।
घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्राय सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।
उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।
उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























