अन्तर्राष्ट्रिय

मलेसियामा सडक दुर्घटना, १५ विद्यार्थीको मृत्यु

Banner

मलेसिया, जेठ २६-

मलेसियामा विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउने अधिकांश विश्वविद्यालयका विद्यार्थी हुन् । दुर्घटना थाइल्यान्डसँगको सीमानजिक मलेसियाको पूर्वपश्चिम राजमार्गमा भएको हो ।

यो धेरै वर्षपछिको ठूलो सडक दुर्घटना भएको मलेसियाको सिभिल डिफेन्स फोर्सले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>