अन्तर्राष्ट्रिय
हेलिकप्टर सडकमै आपत्कालीन अवतरण, कारमा ठोकियो
०

भारत, जेठ २४-
शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्कालीन अवतरण गरेको छ। केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर ५ यात्रु लिएर केदारनाथ जाँदै थियो।
तर प्राविधिक गडबडी देखिएपछि पाइलटले हेलिकप्टरलाई सडकमै अवतरण गराएका हुन्। घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएर हेलिकप्टर सडकबाट हटाएको थियो।
जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने थपे, ‘पाइलटले समयमै समस्या थाहा पाए र नजिकै खाली बाटो देखेपछि आपत्कालीन अवतरण गराए। हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित छन्, पाइलटलाई भने सामान्य चोट लागेको छ।’ राहुल चौबेका अनुसार आपत्कालीन अवतरणका क्रममा सडकमा पार्क गरिएको कारमा क्षति भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























