अन्तर्राष्ट्रिय
आरसीबीको विजय उत्सवमा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो
०

काठमाडौं,जेठ २१-
बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले भने मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरे। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
घटना स्थलमा लाखौँ मानिसहरूको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ । उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























