स्वास्थ्य

भारत: कोरोना भाइरसले पछिल्लो २४ घण्टामा २२ वर्षीया युवतीसहित ७ जनाको मृत्यु

Banner

काठमाडौँ, जेठ २१-

भारतमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएपछि भारतमा यसको संक्रमणबाट जनवरीयता मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा २२ वर्षीया युवती, महाराष्ट्रमा ५५ वर्षीय पुरुष, ७३ वर्षीय पुरुष, २३ वर्षीया युवती र २७ वर्षीय युवक कोरोना संक्रमणका कारण बितेका हुन्। यसैगरी सो अवधिमा कोरोनाले तमिलनाडुमा ७६ वर्षीय पुरुष र गुजरातमा एक जनाको मृत्यु भएको हो।

हाल भारतमा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका २७६ नयाँ संक्रमण दर्ता भएका छन्।

साथै पछिल्लो २४ घण्टामा ५ सय ८१ बिरामी निको पनि भएका छन्। योसमेत अहिलेसम्म ३ हजार २ सय ८१ जना कोभिड(१९ का बिरामी निको भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>