अन्तर्राष्ट्रिय

गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग

Banner

गाजापट्टी, जेठ २०-

गाजामा राहत सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्र संघ (यूएन) का महासचिवले आइतबार अपिल गरेका छन् । यी मानिसहरू इजरायली सेनाको गोलीबारीमा मारिएको बताइएको छ ।

‘आइतबार खाना र राहत सामग्री लिन गाजामा आएका प्यालेस्टिनीहरूको मृत्यु र घाइते भएकोमा म दुखी छुँ ।’ यूएनका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्तिमा भनेका छन् ।

इजरायल र अमेरिकाको समर्थनमा गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत सामग्री वितरण केन्द्रमा उनीहरूमाथि गोलीबारी गरिएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

घटनामा १७९ जनालाई चोट लागेको र यसमध्ये २१ जनाको मृत्यु भएको रेडक्रसले भनेको छ । उही समयमा, हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकको सङ्ख्या ३१ बताएको छ ।

केही हप्ताको नाकाबन्दी पछि हालै गाजा मानवीय फाउन्डेसनले खाना र अन्य राहत सामग्री वितरण गर्न थालेको थियो । यद्यपि, यसको नीतिहरू मानवता विरोधी भएको आरोप लगाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>