अन्तर्राष्ट्रिय

जुनको दोस्रो साता कोष्टाव्लाङ्कामा राहदानी घुम्ती शिविर

Banner

स्पेन, वेठ १६
यहि जुनको दोस्रो हप्ता कोष्टाव्लाङ्का क्षेत्रमा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । नेपाली राजदूतावास, म्याड्रीड स्पेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले शिविर सञ्चालन गर्न संयुक्त रुपमा अनुरोध गरेका छन् ।

राहदानी घुम्ती शिविरको माग गर्दै दुवै संस्थाले दूतावासमा निवेदन बुझाएका छन् । एनआरएनए स्पेनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रोशन पाठक, केन्द्रीय उपमहासचिव केशवराज कँडेल, समाजका सचिव असिम लोप्चनले निवेदन दूतावासका प्रतिनिधि लक्ष्मण शर्मालाई पत्र बुझाएका छन् ।

ओहोदाको प्रमाणपत्र बुझ्न माल्टा पुगेका राजदूत शनिल नेपालसँग टोलिले फोन संवाद गरेको थियो । छलफलमा जुन दोस्रो हप्ता शिविर गर्न सकिने राजदूतले बताएका थिए । नविकरण तथा नयाँ राहदानी बनाउन चाहनेहरुका लागि शिविर महत्त्वपूर्ण हुने देखिन्छ ।

उपमहासचिव कँडेलले घुम्ती शिविरको माग अधिक रहेकाले दूतावासलाई जानकारी गराइएको बताए । ‘शिविर जुन दोस्रो साता हुने गरि मिति तय हुदैछ’, उनले भने, ‘सबैतिरबाट आवेदकहरुको नाम, नम्बर संकलन गर्नछौँ, सहजरुपमा आवेदन दिने वातावरण बनाउनेछौँ ।’ नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केसरबहादुर थापाले कोष्टाव्लाङ्का क्षेत्र तथा पायक पर्ने क्षेत्रमा बस्ने नेपालीहरु लाभान्वित हुने बताए । एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष सुरेश आचार्यले शिविरका लागि दूतावाससँग निरन्तर पहल भैरहेको बताए ।
म्याड्रीड पुगेर आवेदन दिन लामो दूरी यात्रा गर्नुपर्ने तथा जान-आउन धेरै खर्च गर्नुपर्ने बाध्यतामा रहेका नेपालीलाई शिविर निकै फलदायी हुने देखिन्छ । समाजका महासचिव विजय कुँवरले शिविरलाई सफल पार्दै दूतावासलाई सघाउन एनआरएनए र नेपाल समाज सक्रिय बनेको बताए । सचिव असिल लोप्चनले एनआरएनए कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसनका पदाधिकारीलाई अनलाइन मार्फत नाम(नम्बर टिपोट गराउन अनुरोध गरे ।

दुवै संस्थाका अफिसियल पेज तथा ग्रुपमा समेत नामावली टिपोट गराउन सकिने बताए । प्रारम्भिक तथ्यांक संकलन लगतै घुम्ती शिविरको मिति र स्थान निर्धारण गरिने बताए । उनका अनुसार बेनिड्रोममा शिविर हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>