अन्तर्राष्ट्रिय

युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने : डोनाल्ड ट्रम्प

Banner

 काठमाडौं, जेठ १२-

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् ।

रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् ।अहिलेसम्मकै भिषण भनिएको यो आक्रमणको सन्दर्भमा ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । सायद अहिले यो पुष्टि हुँदै गएको छ । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>