अन्तर्राष्ट्रिय
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
०

मस्को, जेठ ४-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनाएको छ । जसमा पुरानो रेल परेड र सेवाको पहिलो दिनको पुनः अभिनय समावेश गरी उत्सवहरूको श्रृंखला शुरु गरिएको हो ।
मेट्रोको पहिलो लाइन मे १५, १९३५ मा खोलिएको थियो । सोकोलनिकीबाट पार्क कल्चरीसम्म चलेको थियो । जसको शाखा लाइन स्मोलेन्स्कायासम्म थियो । जसले ११।२ किलोमिटर कभर गरेको थियो ।
यो रूसी राजधानीमा यातायातको सबैभन्दा लोकप्रिय माध्यम मात्र होइन तर वास्तुकलाको भव्यताको प्रदर्शन पनि बनेको छ । यसका अठ्चालीस स्टेशनहरूलाई आधिकारिक रूपमा सांस्कृतिक सम्पदा स्थलहरूको रूपमा तोकिएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























