अन्तर्राष्ट्रिय

अमेरिकी उत्पादनमा कर नलगाउन भारत तयार रहेको ट्रम्पको दाबी.

Banner

काठमाडौं, जेठ १-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयात हुने सामानमा सबै प्रकारका भन्सार कर हटाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।

“भारत सरकारले हामीलाई कुनै शुल्क नलगाउने प्रस्ताव गरेको छ,” ट्रम्पले दोहामा आयोजित एक कार्यक्रम भने । भारत र अमेरिका हाल व्यापार सम्झौता गर्न वार्तामा जुटिरहेका छन् ।

ट्रम्पको भनाइमा भारत सरकारको भनिएको प्रस्तावबारे दिल्लीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीले यसबारे टिप्पणीका लागि भारतको वाणिज्य मन्त्रालयसँग सम्पर्क गरे पनि उक्त प्रस्तावित सम्झौताबारे थप विवरण हालसम्म सार्वजनिक गरिएको छैन ।

दोहामा व्यवसायीहरूका साथ आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको बोइङ जेटलगायत कतारसँग भएका विभिन्न सम्झौताको घोषणा पनि गरे ।

ट्रम्पको उक्त टिप्पणी एप्पल कम्पनीले भारतमा आईफोन उत्पादन गर्ने योजनाबारे कुराकानी गर्दै गर्दा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>