अन्तर्राष्ट्रिय

बसमा आगलागी हुँदा २ बालबालिकासहित ५ जनाको मृत्यु

Banner

भारत, जेठ १-

भारतको लखनऊको मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लीपर बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ।

लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालका अनुसार बसमा ७० जना सवार रहेका थिए। उनले भने, ‘बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पठाइँदै छ।’

यद्यपि, आगलागी कसरी सुरु भयो भन्ने बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।।

प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्।

समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देखिन्छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>