अन्तर्राष्ट्रिय

युएईको भ्रमण गर्दै ट्रम्प

Banner

काठमाडौं, जेठ १-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गर्दैछन्। त्यसपछि उनी अरब राष्ट्रको भ्रमण सकेर अमेरिका फर्कने छन्।

ट्रम्प कतार भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। कतारको राजधानी दोहामा बुधबार विमानस्थलमा उत्रनु एक घण्टा अघि ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल सारासँग भेट गरेका थिए।

कुनै समय अमेरिकाले एक करोड अमेरिकी डलर पुरस्कार घोषणा गरिएका अल सारासँग ट्रम्प बैठक बसेका हुन्। पछिल्लो २५ वर्षमा अमेरिका र सिरियाका शीर्ष नेताको भेट भएको त्यो पहिलो वर्ष थियो।

कनै समय अल कायदासँग सम्बन्ध जोडिएको अल सारा नेतृत्वको हायात ताहल अल साम्स (एचटिएस)लाई आतङ्कवादी समूहको सूचीमा राखिएको थियो।

गत डिसेम्बरमा बसार अल आसाद सरकारलाई बर्खास्त गर्दै एचटिएसले नेतृत्व लिएपछि उनलाई हेर्ने दृष्टिकोण फेरिएको थियो।

बुधबारको बैठकपछि ट्रम्पले सबै प्रतिबन्ध हटाउने निर्णयसहित साराको नेतृत्वमा सिरिया आर्थिक विकासको पाटोमा अघि बढ्न सक्ने कुरामा विश्वस्त रहेको बताए। उनले सीमाबाट अन्तर्राष्ट्रिय आतङ्कवादी र प्यालेस्टाइनी आतङ्कवादी हटाउँदै इजरायलसँग सम्बन्ध सुमधुर बनाउन सिरियाका लागि आवश्यक रहेको कुरामा जोड दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>