अन्तर्राष्ट्रिय

भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु, चार व्यापारी पक्राउ

Banner

एजेन्सी,बैशाख ३०-

भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु भएको छ । पञ्जाबको अमृतसर जिल्लामा भउको यो घटनामा अरु ६ जना गभ्मीर बिरामी परेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग कुरा गर्दै भने, हामीलाई हिजो राति करिब ९ः३० बजे खबर प्राप्त भयो कि केही व्यक्तिहरूको ज्यान नक्कली रक्सी सेवनका कारण गइरहेको छ । खबर पाएलगत्तै हामीले तत्काल कारबाही थाल्यौँ र मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित चार जनालाई हिरासतमा लिएका छौँ ।

उनका अनुसार यो घटना पाँचवटा गाउँमा भएको हो । गाउँमा अरु पनि बिरामी परेका हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूको टोली खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>