अन्तर्राष्ट्रिय

युद्धविराम भएपछि भारतका ३२ वटै विमानस्थल खोलिए

Banner

काठमाडौँ, वैशाख २९-

पाकिस्तानसँग युद्धविराम भएपछि सोमबारदेखि भारतका सबै बन्द विमानस्थल खोलिएका छन्।

यसअघि दुई देशबीच एकअर्काविरुद्ध सैन्य टकराब हुँदा मे ७ देखि मे १५ सम्मका लागि भारतका विमानस्थलबाट नागरिक उडान बन्द गरिएका थिए।

भारतीय विमानस्थल प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडान बन्द गरिएका ३२ विमानस्थल अब खुला गरिएको जानकारी दिएको हो।

विज्ञप्तिमा यात्रुहरूलाई उडानका लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेर्न सल्लाह दिइएको छ। इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी दिएको छ।

कम्पनीले सबै विमानस्थल नागरिक उडानका लागि खोलिएको उल्लेख गरेको छ। तथापि हवाई सेवा सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले जनाएको छ। यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न सल्लाह दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>