अन्तर्राष्ट्रिय

युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी

Banner

वासिङ्टन, वैशाख २८-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्।

आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, ‘म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु। उनीहरूले सही समयमा बुद्धि र साहस देखाएर यो द्वन्द्व रोक्ने निर्णय गरे किनभने यो द्वन्द्वले लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्थ्यो।’

ट्रम्पले अमेरिकाले यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा गर्व रहेको जिकिर गरे । आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने बारेमा पनि कुरा गरेका छन्।

यसका साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने बारेमा पनि कुरा गरेका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>