अन्तर्राष्ट्रिय

भारतमा ‘द वायर’लाई बन्देज, ८ हजार एक्स ह्यान्डल पनि ब्लक

Banner

काठमाडौँ, वैशाख २६-

पाकिस्तानसँग द्वन्द्व चर्किंदै जाँदा भारत सरकारले सूचना पहुँचमा सेन्सरसिप थालेको छ। न्युज पोर्टल द वायरलाई भारतमा ‘ब्लक’ गरिएको सो पोर्टलले जनाएको छ।

इन्टरनेट सेवा प्रदायकले सूचना मन्त्रालयको आदेशअनुसार सो बन्देज लगाइएको जानकारी दिएको द वायरले दिएको छ।

सो सञ्चारमाध्यमले नरेन्द्र मोदीको सरकारसँग असन्तुष्ट आवाजलाई ठाउँ आएको थियो।

यसअघि एक्सले ८ हजार एक्स ह्यान्डललाई भारतमा बन्देज गर्न सरकारले निर्देशन दिएको बताएको थियो। थुप्रै विदेशी सञ्चारमाध्यम तथा सार्वजनिक व्यक्तिहरुको ह्यान्डलहरुको पहुँच रोक्न भनिएको बताइएको छ।

त्यस्तै, भारतीय रक्षा मन्त्रालयले मिडिया च्यानल, डिजिटल सञ्चारमाध्यम र व्यक्तिहरुलाई सैन्य गतिविधिको लाइभ प्रसारण नगर्न पनि चेताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>