अन्तर्राष्ट्रिय
पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक
०

इस्लामवाद, वैशाख २६-
पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक भएको छ । खातामा अन्तर्राष्ट्रिय साझेदारहरूसँग थप कर्जा माग्दै एउटा पोष्ट आएपछि खाता ह्याक भएको खुलासा भएको हो ।
पछिल्लो समय भारत र पाकिस्तानबिच तनाव चलिरहेको छ । यस्तोमा शत्रुले गरेको आक्रमणका कारण निकै धेरै क्षति भएको भन्दै पोस्टमा पाकिस्तान सरकारको तर्फबाट मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अरू कर्जा दिन अनुरोध गरेको थियो ।
द्वन्द्व चर्किरहेको र शेयर बजार धराशायी भइरहँदा तत्कालै सहयोगको पहल गरिदिनु भन्दै पोस्टमा अनुरोध गरिएको थियो । अहिलेका लागि एक्स खाता स्विच अफ गर्न काम गरिरहेको मन्त्रालयले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । आफूहरूले ट्विट गर्दै नगरेको उसको भनाइ छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























