अन्तर्राष्ट्रिय

सैन्य कारबाहीपछि पहिलोपटक बोले मोदी

Banner

काठमाडौं,बैशाख २५-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निरन्तर सतर्कता’ अपनाउन आह्वान गरेका छन्। भारतले पाकिस्तानमाथि सैन्य कारबाही गरेपछि पहिलोपटक मोदीले सार्वजनिक टिप्पणी गरेका हुन्। बिहीबार मन्त्रीहरूसँग उच्चस्तरीय बैठकमा बोल्दै मोदीले स्पष्ट सञ्चार कायम राख्न आह्वान गरेका छन्।

पाकिस्तानमाथिको सैन्य कारबाहीलाई भारतले ‘अप्रेसन सिन्दूर’ नाम दिएको थियो। जसमा उसले नौ स्थानमा आक्रमण गरेको थियो।जवाफमा पाकिस्तानले सीमामा गोलीबारी गर्नुका साथै भारतीय विमान खसाएको दाबी गरेको थियो। बिहीबार भारत र पाकिस्तानले एकअर्कामाथि ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। भारतले लाहौरमा हवाइ प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ भने पाकिस्तानले २५ ड्रोन खसाएको बताएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले राजनीतिक दलहरूको बैठकमा सैन्य कारबाही जारी रहेको बताएका छन्। एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>