अन्तर्राष्ट्रिय

भारतविरुद्ध सैन्य आक्रमण भए कडा जवाफ दिनेछौँः एस जयशंकर

Banner

काठमाडौँ, वैशाख २५-

भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन्।

इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन्।

भारत-इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची अहिले भारत भ्रमणमा छन्।

भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत दिएको जानकारीअनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’

पहलगाम आक्रमणपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू” लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको जयशंकरले बताए।

उनले भने, ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>