अन्तर्राष्ट्रिय

कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ

Banner

वासिङ्टन डीसी, वैशाख २५-

न्युयोर्क प्रहरीले बुधबार कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने दर्जनौँ प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानको एक विज्ञप्तिअनुसार बुधबार प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका थिए ।

यस समयमा विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएको बताइएको छ । न्युयोर्क प्रहरीबाट सहयोग मागेको शिपम्यानले बताए । न्युयोर्क सहर प्रहरी विभागले पनि माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर घटनाबारे जानकारी गराएको थियो ।

कोलम्बिया विश्वविद्यालयको अनुरोधमा न्यु योर्क प्रहरीले क्याम्पसमा भएको परिस्थितिमा प्रतिक्रिया दिएको प्रहरीले भनेको छ । कयौँ व्यक्तिहरूले पुस्तकालय कब्जा गरेको प्रहरीको भनाइ छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>