अन्तर्राष्ट्रिय
भारतले मिसाइल आक्रमण गरेपछि बन्द गरिएको पाकिस्तानी हवाई स्पेस खुलाइयो
०

काठमाडौं, वैशाख २५-
भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा मिसाइल प्रहार गरेपछि बन्द गरिएको हवाई स्पेस (हवाई सीमा)पुनः खोलिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण स्रोतलाई उद्धृत गर्दै रोयटर्सद्वारा प्रकाशित समाचारअनुसार देशका विमानस्थल हाल पूर्ण रूपमा सञ्चालनमा रहेको सीएनएनले जनाएकोे छ ।
बिहीबार बिहान केही यात्रीवाहक विमानले पाकिस्तानको हवाई स्पेसमा उडान गरेका फ्लाइट रेडार २४ मा देखिएको छ । तर, अधिकांश उडान अझै पनि पाकिस्तान–भारत सीमाक्षेत्रभन्दा टाढैबाट भइरहेको देखिएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























