अन्तर्राष्ट्रिय

चीनमा यसरी भेला भए विश्वभरका जुम्ल्याहा

Banner

चीन, वैशाख २४-

चीनको दक्षिण पश्चिमस्थित युनान प्रान्तमा पर्ने मोजियाङ हानी स्वायत्त क्षेत्रमा हालै अन्तर्राष्ट्रिय जुम्ल्याहा फेस्टिभलको आयोजना भयो ।

मे१मा आयोजना भएको उक्त जुम्ल्याहा मेलाको १९औं संस्करणमा विश्वभरका एक हजारभन्दा धेरै जुम्ल्याहाहरू सहभागी भएका थिए ।

जुम्ल्याहाहरु संस्कृतिका सेतु भन्ने नाराका साथ आयोजित उक्त फेस्टिभलमा अमेरिका, बेलायत, मलेसिया, चाड, घाना, भारत, युगान्डा, चीन र श्रीलंकाबाट मात्र होइन नेपालबाट समेत जुम्ल्याहाहरुले भाग लिएका थिए ।

उक्त अवसरमा सहभागीहरुले आ आफ्नो मुलुकका विभिन्न नृत्य तथा मौलिक पहिरनहरु प्रस्तुत गरेका थिए । जुम्ल्याहा मेलाका झलक यस्ता छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>