अन्तर्राष्ट्रिय

गाजामा युद्ध शुरू भएयता १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गयो: स्वास्थ्य अधिकारी

Banner

गाजा, वैशाख २४-

सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण शुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान गइरहेको छ । ज्यान गुमाउनेमा १६ हजार दुई सय ७८ बालबालिका रहेकामा नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुले जन्मेपछि ज्यान गुमाएका गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्‍याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको खबरमा उल्लेख छ । यसले हजारौं बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>