अन्तर्राष्ट्रिय

भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राख्नुको कारण

Banner

भारत, वैशाख २४-

भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाहीका लागि ‘अपरेसन सिन्दूर’ नाम रोज्नुको पछाडिको धार्मिक प्रतीकात्मक कारण रहेको सीएनएनले बताएको छ ।

‘अपरेसन सिन्दूर’मा सिन्दूर शब्दले हिन्दु महिलाले विवाहपछि निधारमा लगाउने रातो रंगको पाउडरलाई जनाउँछ । भारत नियन्त्रित कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंककारी हमलामा धेरै महिलालाई विधवा बनाइएको थियो ।

भारतीय रक्षामन्त्री र विदेशमन्त्री दुवैले सामाजिक सञ्जाल एक्समा रातो सिन्दूरको चित्रसहित यस अभियानको नामको सांकेतिक भाव पोस्ट गरेका छन् ।

विदेशमन्त्री एस. जयशंकरले एक्समा लेखेका छन्, “विश्वले आतंकवादप्रति शून्य सहनशीलता देखाउनैपर्छ ।” रक्षामन्त्री राजनाथ सिंहले पनि हिन्दीमा पोस्ट गर्दै भनेका छन्, “भारतको जित ।”

सीएनएनबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>