अन्तर्राष्ट्रिय
इजरायली राजदूतले भने-भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छौं
०

काठमाडौं, वैशाख २४-
भारतका लागि इजरायलका राजदूत रुवेन अजरले भारतीय सेनाको अपरेसन सिन्दूरुप्रति प्रतिक्रिया जनाएका छन् । गए राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् ।
ूइजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ । निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ, इजरायली राजदूतले एक्समा पोस्टमा भनेका छन् ।
भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा मिसाइल आक्रमण गरेको थियो । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीबाट ।