अन्तर्राष्ट्रिय
पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन: भारत
०

नयाँदिल्ली, वैशाख २४-
भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ । भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।
भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको हो ।