अन्तर्राष्ट्रिय

पाकिस्तानमा भारतले गरेको आक्रमणबारे ट्रम्पले के भने ?

Banner

एजेन्सी,बैशाख २४-

गए राति भारतले पाकिस्तानका विभिन्न स्थानलाई लक्षित गरी आक्रमण गरेको छ । उक्त आक्रमणमा परी केही व्यक्तिहरू मारिएका छन् । भारतले आक्रमण सफल र सटिक भएको दावी गरिरहँदा पाकिस्थानले भने सर्वसाधारणको आवादी रहेको क्षेत्रलाई लक्षित गरी आक्रमण भएको दावी गरेको छ ।

यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका छन् । भारत र पाकिस्तानबीच केही दिनदेखि बढेको तनावका कारण केही हुँदै छ भन्ने आफूलाई लागेको ट्रम्पको प्रतिक्रिया छ । साथै उनले यो तनाव छिटै समाप्त हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यसबारेमा प्रतिक्रिया दिएका छन् । उनले यो स्थितिलाई अमेरिकाले नजिकबाट हेरिरहेको उल्लेख गरेका छन् । स्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि भारतीय र पाकिस्तानी नेतृत्वसँग कुराकानी गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>