अन्तर्राष्ट्रिय

पाकिस्तानी रक्षामन्त्रीले भनेः भारतले हाम्रा सर्वसाधारण नागरिकमाथि हवाई हमला गर्‍यो

Banner

एजेन्सी,बैशाख २४-

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन्। ख्वाजा आसिफले बीबीसी उर्दुसँग भनेका छन्, ‘हेर, उनीहरू (भारत) ले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु- सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन्।’

‘एक बच्चा सहिद भएका छ।न् एक महिला सहिद भएकी छन्। मसँग सहिदको पछिल्लो तथ्यांक छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।’ पाकिस्तानी सेनाले भने भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

उता भारतकै अर्को पत्रिका दैनिक भास्करले भने हमलामा ३० जना मारिएको लेखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>