देश/प्रदेश
कप्तान रोहितसंगै ६ क्रिकेटर वल्र्डलिंकको ब्राण्ड एम्बेस्डर नियुक्त

काठमाडौँ, वैशाख १५–
देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले कप्तान रोहित पौडेलसहित ६ जना क्रिकेटरलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
जावलाखेलस्थित वर्ल्डलिंकको प्रधान कार्यालयमा भएको सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए । एउटै कम्पनीले एक साथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गरेको नेपालमा यो नै पहिलो भएको बताइएको छ ।
नयाँ ब्रान्ड एम्बेसडर नियुक्तहुनेमा कप्तान रोहितकुमार पौडेल, तिव्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्रसिँह ऐरी, ब्याटर तथा विकेटर किपर आसिफ शेख, अनिलकुमार साह र स्पिनर ललित राजवंशी रहेका छन् । वल्र्डलिंकले हालै १० लाख घर–परिवारमा इन्टरनेट जडान गर्ने उपलब्धि हासिल गरेको अवसरमा ६ जना क्रिकेटरलाई एम्बेस्डर नियुक्त गरेको हो।
यसबाट खेलप्रति कम्पनीको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने वर्ल्डलिंकले उल्लेख गरेको छ ।