राजनीति

एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली

०
Banner

काठमाडौं,कात्तिक २८ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उहाँले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताउनु भयो । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उहाँले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>