राजनीति

जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने

०
Banner

काठमाडौं,कात्तिक २८ –

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी व्यक्त गर्नुभएको छ ।

शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले खुशी व्यक्त गर्नुभएको हो । उहाँले जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्रै नभई विश्वभर हुने गरेको उल्लेख गर्दै यस्तो पवित्र र उत्सवमय अवसरमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो । लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिकतामा विश्वास गर्ने भएकाले विभिन्न मठमन्दिरमा जाने र धार्मिक आस्थाअनुसारका गतिविधिमा सहभागी हुने गरेको पनि बताउनु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>