चितवन विशेष

कांग्रेस सुधारका लागि गुटबन्दी अन्त्यको माग

०
Banner

चितवन,कात्तिक २८-

नेपाली कांग्रेसलाई समयानुकूल, गतिशील र जनमुखी पार्टी बनाउन संगठनात्मक सुधारदेखि नेतृत्व विकाससम्मका विषयमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। पार्टीको सिद्धान्त र विचारप्रति आस्थावान व्यक्तिहरूले कांग्रेसलाई थप सशक्त बनाउन आन्तरिक संगठन सुदृढीकरण, नेतृत्व विकास, सुशासन र कार्यकर्ताको उचित मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

शनिवार भरतपुरमा आयोजित सुभेच्छुकहरुको छलफल कार्यक्रममा वक्ताहरुले कांग्रेसको संगठनलाई बलियो बनाउन पार्टीभित्र देखिएका कमजोरी, विकृति र विसंगति हटाउँदै नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएका हुन् । बक्ताहरुले पार्टी सुधारका लागि अघि सारिएका सुझावमा पार्टीको महाधिवेशनलाई संगठनात्मक विकास र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरेका छन्। पार्टीलाई थप ऊर्जाशील बनाउन आन्तरिक सुधार र नेतृत्व विकासमा जोड दिनुपर्ने सुझाव पनि दिइएको छ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस निकट बुद्दिजिवी प्रा.डा. ईश्वरी लौडारीले पार्टीको आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने, आर्थिक अनुशासन कायम गर्नुपर्ने र पार्टीको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ूकांग्रेसले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक अभ्यासमा प्राथमिकता दिनुपर्ने देखिन्छू, उनले भने ।

प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष डा. एकनारायण पौडेलले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी, अनुचित लाभ लिने प्रवृत्ति र अवसरको असमान वितरण अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । इमानदार, योग्य र योगदान गरेका कार्यकर्तालाई जिम्मेवारी तथा अवसर प्रदान गर्न मौका दिनुपर्छू, उनले भने ।

काँग्रेस नेता प्रकाश अधिकारीले कांग्रेसलाई पुरानो कार्यशैलीबाट मुक्त गर्दै विचार, नीति, संगठन र व्यवहारमा सुधार गरेर जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बुद्दिजिवी दयाराम पौडेल, डिएलए चितवनका अध्यक्ष श्रीराम दवाडी, गोविन्द सिक्देल लगाएतले बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>