राजनीति

सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछः देउवा

०
Banner

काठमाडौं, कार्तिक २८–
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आफूपक्षीय पार्टी जिल्ला अधिवेशनमा उनले सर्वोच्च अदालत कुनै पनि प्रलोभनमा बिक्ने संस्था नभएको बताएका हुन् ।

उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गरे ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसंग पनि उनले सुनाए । त्यति बेला राजाको प्रत्यक्ष शासन रहेका कारण सर्वोच्चले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशंका रहे पनि अदालतले साहस गरेर आफूलाई रिहा गरेको उनले बताए ।

राजाको शासनकालमा समेत न्याय दिन सक्ने अदालतले अहिले पनि पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय गर्ने उनको विश्वास छ । उनले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने जिकिर गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>