खेलकुद

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

०
Banner

काठमाडौं, कार्तिक २८-

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए ।

विराटनगर ७०–१ को अवस्थामा हुँदा ओपनर इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जालेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरे । बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिँदा अभिशेषले ३ ओभरमा १५ रन मात्र खर्चिए । ट्रमपलम्यान भने महँगा बने । उनले ४ ओभरमा ५२ रन खर्चिए ।

बसिर अहमदले अविजित ६ रन जोडे । किशोर महतोले २ तथा अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १(१ विकेट लिए । विराटनगरलाई प्लेअफ सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने अवस्था छ । यस खेलमा पराजित भएमा विराटनगर प्लेअफ होडबाट बाहिरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>