देश/प्रदेश

दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

Banner

जितपुर, वैशाख १५-

जितपुर सिमरामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । आज (सोमबार) बिहान पथलैया(हेटौंडा सडक खण्डमा दुई बस एकापसमा ठोक्किँदा १९ जना यात्रुहरू घाइते भएका हुन्।

जितपुरसिमरा उपमहानगरपालिकाको २२ अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले जानकारी दिएका छन् । उनका अनुसार
दुर्घटनामा परेर पोखरा तर्फ जाँदै गरेको बसमा सवार १९ यात्रुहरू घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>