देश/प्रदेश

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, एकजना पक्राउ

Banner

काठमाडौं, वैशाख १४-

आन्दोलनरत शिक्षक र प्रहरीबीच आज (आइतबार) नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । झडपक्रममा कोही घाइते नभएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>